सुदीपसहितको ज्यान जाने गरी भएको पहलगाम आतंकवादी हमलाको कांग्रेस सांसद खतिवडाद्वारा भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भारतको कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको कडा शब्दमा भर्त्सना गर्दै मृत्यु भएका सुदीप न्यौपानेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले आतंकवादको विरोधमा नेपाल र नेपाली जनता सधैँ विश्वजगतसँग साथमा रहेको बताए । उनले भने, ‘केही दिन पहिला भारतको जम्मु, कश्मीर जसलाई संसारको दोस्रो स्वीजरल्याण्ड भनेर चिनिन्छ । त्यो ठाउँमा नेपालका एकजना सुदीप न्यौपाने नेपाली नागरिकसहित २६ जना भारतीय नागरिकलाई टार्गेट गरेर आतंककारी हमला भयो ।’

‘जात, धर्म र वर्ण सोधेर हत्या गर्ने काम भयो । त्यसको हामी घोर भर्त्सना गर्न चाहन्छौँ’, उनले भने, ‘यस्ता जस्तासुकै कार्यको पनि नेपाल सरकार र नेपाली जनता त्यस्ता कार्यको भर्त्सना गर्न चाहन्छ ।’

सांसद खतिवडाले परराष्ट्रमन्त्री डा.आरजु राणाद्वारा पहलगाम आतंकवादी हमलाको तत्काल कडा शब्दमा भर्त्सना गरेर नेपाल भारतसँग सँगै रहेको बताएको उल्लेख गरे । उनले भने, ‘तत्कालीन समयमा परराष्ट्रमन्त्रीले आतंकवादी क्रियाकलापको विरोध गर्नुभयो । नेपाल सरकारले गरेको त्यसको विरोधको हामी समर्थन गर्न चाहन्छौँ ।’

उनले भने, ‘आतंकवादी हमलाबाट सुदीप न्यौपानेसहित सम्पूर्ण परिवारजनमा सुदीप न्यौपानेका परिवार लगायत सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जलि दिएर परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छु ।’

‘आतंकवादी हमलाबाट मृत्युवरण गर्नेप्रति हाम्रो देश आतंकवादको विरोधमा समर्थन रहेको छ’, उनले भने, ‘जस्तासुकै आतंकवादी कार्यको भर्त्सना गर्न चाहन्छु ।’

सांसद खतिवडाले भने, ‘केही समय पहिला इजरायलमा नेपाली विद्यार्थी लर्नअर्नमा गएको बेला आतंकवादीको हमलाबाट मृत्युवरण गर्नु प¥यो । त्यहि समय बेपत्ता भएका विपिन जोशी अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन । उहाँको अवस्थाका बारेमा जानकारी छैन । विपिन जोशी अहिलेसम्म नेपाल फर्किन सक्नुभएको छैन ।’

‘कुनै बेला अमेरिकाको ट्वीन्स टावरमा आतंकवादी हमला भयो’, उनले भने, ‘त्यसको पनि हामीले घोरभर्त्सना ग¥यौँ । अहिले पनि त्यस्ता खालका आतंकवादी हमलाको घोर भर्त्सना गर्न चाहन्छौँ ।’

Published : Sunday, 2025 April 27, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया