प्रहरीले दियो समानुपातिक सांसद पक्राउ परेको सूचना
काठमाडौं । प्रहरीले संसद सचिवालयलाई नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई पक्राउ परेको सूचना दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सह–सचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपियाँ हिनामिना गरेको आरोप छ ।

Published : Sunday, 2025 April 27, 8:36 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया