शेरबहादुर देउवा कप राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो प्रशिक्षक भण्डारी सम्मानित
काठमाडौं । सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष एवम् गोठाटार तेक्वान्दो डोजाङ प्रमुख प्रशिक्षक प्रेमबहादुर भण्डारी सम्मानित भएका छन् ।
सातदोबाटोस्थित कराँते एकेडेमीमा संचालित ‘प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२’ मा नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सम्मान गरेका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले भण्डारीलाई सम्मान गरेका हुन् । भण्डारी तेक्वान्दोका छैठौं डान हुन् ।
भण्डारीले २ सयभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् । भण्डारी आफै पनि पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री खेलकुदमन्त्री समेत रहेका खेलकुद क्षेत्रका हस्ती मीनकृष्ण महर्जनलाई भण्डारीले आफ्नो अभिभावक मान्ने गर्छन् ।
भण्डारी तेक्वान्दो खेलका खम्बा नै मानिन्छ । उनले खेलकुदको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया