कांग्रेसका योद्धा, सरल र शालिन नेताको निधनबाट सभापति देउवा दुखित र मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका सभापति एवम् पूर्व राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
शनिबार सभापति देउवाले शोक वक्तव्य जारी गरेर भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति, पूर्व स्वास्थ्य राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र शालिन व्यक्तित्व तीर्थराम डंगोलको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ ।’
‘स्व.तीर्थराम डङ्गोलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’
‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया