हाम्रा दुुई छिमेकीहरूसँगको हाम्रो सम्बन्ध कुटनीतिभन्दा पुरानो छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शान्ति, मानवता, करुणा र मित्रता विस्तार भइरहेको बताएका छन् छन् ।

शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै ओलीले सजिलो अवस्थालाई सदुुपयोग गरेर हामीले बुुद्धका विचार, शिक्षा र बुुद्धिज्मलाई विकास गरेर अगाडि बढाउनुु पर्ने बताए । उनले बुुद्धका शिक्षाहरू के हुन् र बुुद्धको महत्व र महत्वलाई अगाडि बढाउनुु पर्ने बताए ।

उनले भने, ‘अंगुुलीमाल जस्ताहरूलाई बुद्धले शिष्य बनाउनुुभएको थियो । अशोकजस्ता एउटा उदण्ड तानाशाह राजालाई शान्तिप्रिय भिक्षुु बनाउनुुभएको थियो ।’

‘आज हामी जुुन ठाउँमा छौं, यहीँ ठाउँमा आएर यहींँ हो बुुद्धको जन्मथलो भनेर अशोकले स्तम्भ बनाएका थिए’, उनले भने ।

‘सम्राट अशोकले यहाँ स्तम्भ बनाएका थिए । म ह्वाइनसाङजस्ता चिनियाँ यात्रीहरुलाई धन्यवाद भन्न चाहन्छुु, ढलिसकेको, गायब भएको चिजलाई पनि पत्ता लगाएर यहीँ ठाउँमा अशोकले खडा गरेको स्तम्भ यहीँ ठाउँमा थियो र यहीँ हो बुुद्धको जन्मथलो भनेर उहाँले गर्नुभएको थियो’, ओलीले भने ।

‘म चिनियाँ भिक्षुुहरूलाई धन्यवाद भन्न चाहन्छुु कि उहाँहरुले जुुन योगदान नेपालका विभिन्न धार्मिक र ऐतिहासिक स्थलहरूमा चिन्नका लागि योगदान गर्नुभएको छ’, उनले भने ।

‘त्यसैकारण अघि चिनियाँ मित्र वक्ताले भन्नुुभयो, नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै होइन, यसमा भावनात्मक, मानवीय, परस्परमा सहयोग गर्ने सहयोगी छ’, प्रधानमन्त्री ओलीले भने ।

‘अहिले कुटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहंदै आएको छ’, ओलीले भने, ‘हाम्रा दुुई छिमेकीहरूसँगको हाम्रो सम्बन्ध कुटनीतिभन्दा पुरानो छ । विभिन्न राज्यहरूको निर्माण, आजका सीमानाहरूभन्दा पुुरानो छ । संस्कृतिको निर्माणसँग जोडिएको छ ।’

‘त्यसो भएर हामीले यी चिजहरूलाई बुुझेर अगाडि बढाउनुु पर्दछ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लालामाले प्रधानमन्त्री केपी ओलीसहितका पाहुनाहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा ४० भन्दा धेरै देशका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

Published : Saturday, 2025 April 26, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया