पहलगाम हमलाको विरोध गर्दै परराष्ट्रमन्त्री डा.राणाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले पहलगाम आतंकवादी हमलाको कडा शब्दमा निन्दा गर्दै ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।
शनिबार काठमाडौंको लैनचौरस्थित नेपालका लागि भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा डा.राणाले पहलगाममा भएको आतंकवादी हमलाको निन्दा एवम् भर्त्सना गरेकी हुन् । उनले भनेकी छिन्, ‘मैले पहलगाम आतंकवादी हमलाको कडा निन्दा गरेको छु । ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै आफन्तजनमा समवेदना व्यक्त गर्दछु ।’
पहलगाममा भएको आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना भारतीय नागरिकको मृत्यु भएको थियो । आतंकवादी हमलामा मारिएकाहरूको स्मरणमा राखिएको स्मारिकामा डा.राणाले फूल अर्पण गर्दै आतंकवादको विरोध गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले सुदीप न्यौपानेको शव तत्काल स्वदेश फिर्ता ल्याउन भारत सरकारको द्रुत सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गरेकी छिन् ।
‘एक विश्वसनीय छिमेकी र लामो समयदेखिको मित्रको रूपमा, नेपाल आतंकवादविरुद्धको लडाइँमा भारतको साथ दृढतापूर्वक उभिएको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया