पहलगाम हमलामा सुदीपको मृत्युपछि भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेट

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री डा.एस.जयशंकरसँग भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले भेट गरेर पहलगाम आतंकवादी हमलामा मृत्यु भएका नेपाली नागरिकको विषयमा छलफल गरेका छन् ।
शुक्रबार नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा विदेशमन्त्री डा.जयशंकर र राजदूत डा.शर्माबीच भेटवार्ता भएको हो ।
भारतीय विदेशमन्त्री डा.जयशंकरले भनेका छन्, ‘पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएकोमा नेपालका राजदूत डा. शंकर शर्मासँग भेट गरी समवेदना व्यक्त गरिएको छ ।’
पहलगाम आतंकवादी हमलामा रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी सुदीप न्यौपानेको मृत्यु भएको छ । नेपालले पहलगाम आतंकवादी हमलाको नेपालले कडा शब्दमा भर्त्सना गरेको छ ।
भेटवार्तामा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल भएको भारतीय विदेशमन्त्री डा.जयशंकरले भनेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया