पहलगाम हमलामा सुदीपको मृत्युपछि भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेट
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री डा.एस.जयशंकरसँग भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले भेट गरेर पहलगाम आतंकवादी हमलामा मृत्यु भएका नेपाली नागरिकको विषयमा छलफल गरेका छन् ।
शुक्रबार नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा विदेशमन्त्री डा.जयशंकर र राजदूत डा.शर्माबीच भेटवार्ता भएको हो ।
भारतीय विदेशमन्त्री डा.जयशंकरले भनेका छन्, ‘पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएकोमा नेपालका राजदूत डा. शंकर शर्मासँग भेट गरी समवेदना व्यक्त गरिएको छ ।’
पहलगाम आतंकवादी हमलामा रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी सुदीप न्यौपानेको मृत्यु भएको छ । नेपालले पहलगाम आतंकवादी हमलाको नेपालले कडा शब्दमा भर्त्सना गरेको छ ।
भेटवार्तामा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल भएको भारतीय विदेशमन्त्री डा.जयशंकरले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया