सभापति खतिवडाद्वारा समितिबाट बिदाइ गर्दै शिक्षामन्त्री पन्तलाई दिए शुभकामना

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका रघुजी पन्तलाई बधाई दिएका छन् ।

समितिका सदस्य समेत रहेका एमालेका सांसद पन्तले बिहीबार शिक्षामन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।

सभापति खतिवडाले समितिमा पन्तलाई बधाई दिँदै शिक्षा मन्त्रालयमा देखिएका समस्याहरू समाधान गर्न सुझाव दिएका छन् ।

समितिका सदस्य समेत रहेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि पन्तलाई विदाइ गर्दै कार्यकालको शुभकामना दिएका छन् ।

Published : Thursday, 2025 April 24, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया