सुदीपको शव बुटवल ल्याइयो, त्रिवेणीधाममा अन्त्यष्टि हुने
भैरहवा । भारतको कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका २७ वर्षीय सुदीप न्यौपानेको शवलाई बुटवलस्थित घरमा ल्याइपुर्याइएको छ ।
न्यौपानेको शव बिहीबार बिहान बुटवल ल्याइएको हो । सुनौली हुँदै ल्याइएको शव बुटवल उप–महानगरपालिका–११ होराइजन चोकस्थित घरमा ल्याइएको हो ।
न्यौपानेको शवलाई केही समय घरमा राखेर आजै अन्त्येष्टि गर्ने तयारी परिवारजनले गरेका छन् ।
मनकामनापथस्थित न्यौपानेको घरमा छिमेकी र गाउँलेहरू जम्मा भएका छन् । न्यौपानेको नवलपरासीस्थित त्रिवेणी धाममा अन्तेष्टि गरिने आफन्तजनले बताएका छन् ।
मंगलबार पहलगाममा आतंकवादीको आक्रमणमा परी न्यौपानेसहित २७ जना मारिएका छन् ।
Published : Thursday, 2025 April 24, 8:50 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया