आतंकवादी हमलापछि भारतले पाकिस्तानमाथि उठायो कडा कदम

नयाँ दिल्ली । एक नेपालीसहित २६ भारतीयको ज्यान लिने गरेर भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकहरूलाई भिसा दिन रोक लगाएको छ ।
मंगलबार आतंकवादीहरूले जम्मू कश्मीरमा २६ जनाको ज्यान लिएका थिए । आक्रमण भएपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ ।
आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर–ए–तोयबाको संलग्नता पुष्टि गरेपछि भारतले पाकिस्तानी नागरिकहरूलाई भिषा दिन रोक लगाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको उच्चस्तरीय बैठकले पाकिस्तानसँगको कुटनीतिक सम्बन्ध पनि अन्त्य गर्ने विदेश सचिव विक्रम मिश्रीले बताए ।
भारतको विदेश मन्त्रालयले बुधबार राति पत्रकार सम्मेलन गरेर भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन पनि दिएको छ ।
भारतमा रहेका पाकिस्तानी कुटनीतिज्ञहरूले सात दिनभित्र देश छोड्न निर्णय गरिएको विदेश सचिव मिश्रीले बताए ।
पाकिस्तानमा रहेका आफ्ना पाँच कुटनीतिज्ञलाई पनि भारतले फिर्ता बोलाएको छ ।
भारत–पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ । नाकाबाट सीमा वारपार गर्ने भारतीय तथा पाकिस्तानी नागरिकलाई मे १ सम्मको समयसीमा तोकिएको छ ।
भारतले पाकिस्तानसँग सम्झौता गरेको सिन्धु जल सम्झौता पनि स्थगित गरेको छ ।
भारतको सुरक्षा एजेनसीहरूले आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक गरेको छ । आतंकवादी घटनामा मुसा, युनुस र आसिफ नामका व्यक्तिहरूको संलग्ता रहेको पुष्टि भएको छ । यी तीन जना लश्कर–ए–तोयबासँग सम्बन्धित रहेका छन् । उनीहरूलाई आसिफ शेख, सुलेमान साह र अबु तल्लाहका नामले चिनिने गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
आतंकवादीहरू एक–४७ लगायतका अत्याधुनिक बन्दुकहरू लिएर पहलगाममा पर्यटकमाथि अन्धाधुन्ध फायर गरेका थिए ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया