पहलगाममा भएको आतंकवादी हमलाबाट तरुण दल स्तब्ध र दुखित्
काठमाडौं । नेपाल तरुण दलले २३ अप्रिल, २०२५ कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाबाट नेपालीसहति भारतीय नागरिकहरूको निधन भएको भन्दै स्तब्ध र दुखित् भएको जनाएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भने, ‘हामी आतंकवादको क्रुर कार्य र महिला तथा विदेशी पर्यटकहरूमाथि भएको हिंसाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछौं ।’
उनले भने, ‘नेपाल तरुण दलले अन्तर्राष्ट्रिय मानवअधिकार आयोग लगायत विभिन्न संस्थाहरूलाई यस प्रकारको अमानवीय र अप्राकृतिक व्यवहारको कडा शब्दमा निन्दा गर्न हार्दिक अनुरोध गर्दछ ।’
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११, कालिकानगरका नागरिक सुदीप न्यौपानेको निधनको खबरले हामी मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं । आतंकवादी हमलामा घाइते भएकी उनकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’, डा.राणाले भनिन् ।
नेपाल तरुण दल केन्द्रीय समिति यस कठिन समयमा भारत सरकार र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछ र उनीहरूलाई पूर्ण समर्थनमा साथ दिने प्रतिज्ञा गर्दछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया