परराष्ट्रमन्त्री डा.राणाको कुटनीतिक पहलपछि सुदीपको शव र आफन्तहरू नेपाल ल्याइँदै

काठमाडौं । भारतको कश्मिरस्थित पहलगाममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याउन लागिएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतीय विदेश मन्त्रालयसँग गरेको कुटनीतिक पहलपछि न्यौपानेको शव बुधबार नै नेपाल ल्याइने व्यवस्था भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलबार कश्मीरमा आतंककारीको आक्रमणमा परेर सुदीप न्यौपानेको ज्यान गएको थियो । न्यौपानेको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुष्मा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि बुधबार नै नेपाल ल्याउन लागिएको छ । आक्रमणमा रिमकला घाइते भएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा.शंकर शर्मासँग बुधबार बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन् । डा.राणा र राजदूत डा.शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका छन् ।
समन्वयपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा तथा लखनउबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको छ ।
दिल्लीबाट लखनउको उडानका लागि उनीहरूलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूताबासबाट दुई जना कर्मचारी खटाइएको छ ।
सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरूलाई पु¥याउने व्यवस्थाका लागि पनि परराष्ट्रमन्त्री डा.राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छिन् ।
घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले बुधबार नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो ।
न्यौपाने रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नं. ११, कालिकानगर निवासी हुन् ।
मंगबालर भएको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया