लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जापानका राजदूत तोरूबीच भेट

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) र नेपालका लागि जापानका राजदूत मायडा तोरूबीच सोमबार लुम्बिनीमा भेटवार्ता भएको छ ।
बुधबार लुम्बिनीमा भेटमा धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना र तिलौराकोट विश्व सम्पदा सुचीकृत गर्न सहयोग लगायतका विषयमा उपाध्यक्ष डा.लामा र राजदूत तोरूबीच छलफल भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना बनाएको भन्दै उपाध्यक्ष डा.लामाले गुरुयोजना सम्पन्न गर्न जापान सरकार सग सहयोगको आग्रह गरेको र बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएकाले यसको विकास लागि पर्यटन प्रबर्द्धन गर्न जापान सरकारसँग आग्रह गरेको कार्यकारी सदस्य श्याम रोक्काले जानकारी गराएको छन् ।
जापानिज् वास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना र यसको कार्यान्वयनबारे राजदूतलाई जानकारी गराइएको बताएका हुन् । उपाध्यक्ष डा.लामाले प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) विश्व सम्पदा केन्द्रमा छलफलमा रहेको र सन् २०२५ को जुलाईमा सूचीकृतको लागी सहयोग गर्न आग्रह गरेका हुन् ।
राजदूत तोरूले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरूको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता जाहेर गर्दै लुम्बिनीलाई पुरात्वातिक क्षेत्रको रुपमा मात्र नभई धार्मिक क्षेत्रको रुपमा विकास गर्न विकास कोष सग आग्रह गरेका हुन् ।
दुई देशबीचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीको बारेमा जापानमा प्रचार प्रसार र लुम्बिनी आउने पर्यटकलाई जापानदेखि सिधै हवाई सम्पर्क स्थापित गर्न लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका बिषयमा समेत भेटमा छलफल भएको थियो ।
राजदूत तोरूलाई उपाध्यक्ष डा.लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन् राई लगायतले स्वागत गरेका हुन् ।
राजदूतसहितको टोलीले मायादेवी मन्दिर, कपिलवस्तुको तिलौराकोट लगायतको क्षेत्रको भ्रमण गर्ने छन् । राजदूत तोरु लुम्बिनी वर्ल्ड हेरिटेज कन्फ्रेसमा पनि सहभागी हुनेछन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया