परराष्ट्रमन्त्री डा.राणा र राष्ट्र संघ उच्च प्रतिनिधि फातिमाबीच भेट
बैंकक । परराष्ट्रमन्त्री डा.आरजु राणासँग अति कम विकसित देशहरू, भूपरिवेष्ठित विकासशील देशहरू र साना टापु विकासशील राज्यहरूका लागि संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधि रबाब फातिमाले भेट गरेकी छिन् ।
मंगलबार थाइल्याण्डको राजधानी बैंककमा परराष्ट्रमन्त्री डा.राणा र संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधि फातिमाबीच भेटवार्ता भएको हो ।
फातिमासँग भेटघाट गर्न पाउँदा आफूलाई खुशी लागेको डा.राणाले बताएकी छिन् । परराष्ट्रमन्त्री डा.राणाले नेपाललाई राष्ट्र संघको निरन्तर नीति र प्राविधिक सहयोगको लागि फातिमालाई धन्यवाद दिएकी छिन् ।
नेपाल अति कम विकसित देशहरूको हितलाई अगाडि बढाउन राष्ट्र संघसँग नजिकबाट काम गर्न तयार रहेको डा.राणाले बताएकी छिन् ।
Published : Tuesday, 2025 April 22, 10:02 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया