पोप फ्रान्सिसको निधन, परराष्ट्रमन्त्री डा.राणाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले पोप फ्रान्सिसको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।
सोमबार परराष्ट्रमन्त्री डा.राणाले पोपको निधनले नेपाल र नेपाली जनता मर्माहत भएको बताएकी छिन् । उनले भनिन्, ‘हामी पवित्र पोप फ्रान्सिसको निधनमा गहिरो दुःखका साथ शोक मनाउँछौं ।’
‘पोप फ्रान्सिस आशा र एकताको प्रकाशको रूपमा काम गर्ने महान नम्रता, बुद्धिमत्ता र अटल विश्वासका व्यक्तित्व हुनुहुन्थ्यो’, डा.राणाले भनेकी छिन्, ‘शान्ति, करुणा र न्यायप्रतिको उनको स्थायी प्रतिबद्धताले एउटा गहिरो विरासत छोड्छ जुन आउने पुस्ताहरूलाई प्रेरणा दिइरहनेछ ।’
परराष्ट्रमन्त्री डा.राणाले शुभेच्छुक र आफन्तप्रति समवेदना व्यक्त गर्दै भगवानले पोप फ्रान्सिसलाई शान्ति प्रदान होस् भनेकी छिन् ।
पोपको निधन भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको छ ।
भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा ‘ईस्टर सन्डे’का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको छ ।
उनले आइतवार ह्वीलचेअरमा सेन्ट पिटर्स बसिलिकामा उपस्थित भिडलाई अभिवादन गरेका थिए र ईस्टर पर्वको शुभकामना दिएका थिए ।
गत महिना उनी पाँच सातासम्म अस्पतालमा भर्ना भएका थिए । सङ्क्रमणपश्चात् उनलाई दुवै फोक्सोमा न्यूमोनिया भएको थियो ।
रोमन क्याथलिक चर्चको सर्वोच्च पदमा पुग्ने उनी पहिलो ल्याटिन अमेरिकी थिए ।
सन् १९३६ मा आर्जेन्टिनामा बसोबास गरेका इटलीका आप्रवासीहरूको परिवारमा उनको जन्म भएको थियो ।
उनी जेजूइट बने र ब्वेनोस आइरिजको आर्चविशपको पदमा पुगे । सन् २०१३ मा पोपको पदमा उनको चयनले आश्चर्य निम्त्याएको थियो । साधारण जीवनशैलीका निम्ति उनको प्रशंसा हुने गथ्र्यो । उनलाई चर्चको उदारवादी खेमामा रहेको मानिन्थ्यो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया