युएनस्केपको बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा.राणा बैंकक प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप)को ८१औँ सत्र भाग लिन परराष्ट्रमन्त्री डा.आरजु राणा थाइल्याण्ड प्रस्थान गरेकी छिन् ।
आइतबार डा.राणा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी हुन् । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा युएनस्केपको ८१औँ सत्रको बैठक हुन लागेको छ । यो बैठकको अध्यता परराष्ट्रमन्त्री डा.राणाले गर्नेछिन् ।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेको छ । परराष्ट्रमन्त्री डा.राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
बैठकको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ ।
परराष्ट्रमन्त्री डा.राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा.राणा यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया