मुस्लिम समुदायबाट बंगलादेशमा हिन्दु समाजसेवीको हत्या, कांग्रेस नेता भण्डारी चिन्तित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले बंगलादेशमा केही महिनादेखि निरन्तर अल्पसंख्यक हिन्दुहरूमाथि भैरहेको हत्या, दमन, मन्दिरहरूको तोडफोड र लुटपाटको घटनाप्रति गहिरो चिन्ता प्रकट गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गरेर नेता भण्डारीले हालैमात्र बंगलादेशका वरिष्ठ हिन्दु समाजसेवी भवेशचन्द्र रायको कट्टरपन्थी मुस्लिम समुदायबाट भएको पाशविक हत्याको घटना विश्वभरिका वैदिक सनातन धर्म र संस्कृतिमाथिको हमला भएको जनाएका छन् ।
उनले भने, ‘नेपाल परम्परादेखि नै वैदिक सनातन धर्म र संस्कृतिको उद्गमभूमि हो । यो देश ऋषि महर्षीहरूको पवित्र तपोभूमि हो । हिजो नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्रको रूपमा आफ्नो छुट्टै गौरवशाली मौलिक राष्ट्रिय पहिचान वनाएर विश्व सामु गौरवसंग उभिएको थियो ।’
‘करिव ८२ प्रतिशन हिन्दु र ९४ प्रतिशत ओमकार परिवार वसोवास गर्ने नेपाललाई जवरजस्तीसंग धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि हाम्रो संवेदनशीलता हराउँदै गएको छ’, पूर्वमन्त्री भण्डारीले भनेका छन् ।
‘बंगलादेशको अल्पसंख्यक हिन्दुहरू उपर कट्टरपन्थी मुशलमानहरूबाट ज्यादती र अत्याचार भैरहँदा नेपाल सरकार, राजनीतिक दल, सञ्चार जगत, मानव अधिकारवादी संस्था, धार्मिक संघ संस्था र आम नागरिक मौन रहँदै आउनु अर्को चिन्ताको विषय हो’, उनले भने ।
‘हामी नेपाल सरकारलाई प्रभावकारी कूटनीतिक पहल गरी बंगलादेशमा भैरहेको अल्पसंख्यक हिन्दुहरू माथि भएको हत्या, हिंशा, मन्दीर तोडफोडको अत्याचार रोक्न, अल्पसंख्यक हिन्दुहरूको धार्मिक एवम् सांस्कृतिक अधिकार सहित मानव अधिकारको सम्मान गर्न लगाउन कारगर भूमिका खेल्न आग्रह गर्दछौं’, भण्डारीले भने ।
‘अन्तर्राष्ट्रिय जगत, नेपाली कांग्रेस सहितका राजनीतिक दल, सञ्चार जगत, धार्मिक संस्था र आम नागरिकलाई न्यायको पक्षमा आवाज वुलन्द गर्न हार्दिक आह्वान गर्दछौं’, कांग्रेस नेता भण्डारीले भनेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया