कांग्रेस सांसद बडू नेतृत्वको उपसमितिद्वारा भ्रष्टाचारी कर्मचारीलाई पेन्सन दिने प्रस्ताव

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य एवम् नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वको उपसमितिले भ्रष्टाचारी प्रमाणित निजामती कर्मचारीहरूलाई पेन्सन दिने गरेर प्रस्ताव तयार पारेका छन् ।
अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसूरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने व्यवस्था गर्न संयोजक बडूको उपसमितिले प्रस्ताव तयार पारेको छ । भ्रष्ट कर्मचारीहरूको दवाव र प्रभावमा परेर कांग्रेस सांसद बडू नेतृत्वको उपसमितिले भ्रष्टाचारी ठहर भएपनि त्यस्ता निजामती कर्मचारीहरूलाई आजीवन पेन्सन दिने गरेर प्रस्ताव तयार पारेका हुन् । यसअघि, भ्रष्टाचारी ठहर भएका निजामती कर्मचारीहरूको पेन्सन बन्द गर्ने गरी प्रस्ताव थियो । त्यो प्रस्तावलाई बडूको उपसमितिले हटाइदिएर भ्रष्ट कर्मचारीहरूको पक्षमा हुने गरेर प्रस्ताव तयार भएको छ ।
भ्रष्टाचार, राज्यविरुद्धको अपराध, लागूऔषध कारोबार, अपहरण र जबर्जस्ती करणीजस्ता कसुरमा समेत कुनै कर्मचारीको अवकाशपछि मुद्दा चलेर दोषी ठहर भएमा पनि पेन्सन दिने गरी कानून बनाउन संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ ।
बडू नेतृत्वको उपसमितिले भ्रष्टाचारसहित नैतिक पतन देखिने कसूरमा दोषी ठहर भए राज्यबाट पेन्सन नपाउने भन्ने मूल विधेयकको दफा नै हटाइदिएपछि सांसदहरूमाथि गम्भीर प्रश्न उठेको छ । भ्रष्ट कर्मचारीहरूको दवाव र प्रभावमा सांसदहरू परेपछि विरोध शुरु भएको छ ।
स्वतः निलम्बन हुनेबाहेकका कसूरमा अदालतमा मुद्दा खेपिरहेका कर्मचारीहरूले निलम्बन हुन नपर्ने गरी उपसमितिले मूल विधेयकमा संशोधन गरेको छ । मूल विधेयकको दफा १०३ (४) मा ‘कुनै निजामती कर्मचारी भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत कीर्ते, राष्ट्रहितविरुद्धको अपराध, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा मुद्दा दायर भए त्यस्तो कर्मचारी स्वतः निलम्बन भएको मानिनेछ’ भनिएको थियो ।
राज्यव्यवस्था समितिले विधेयक अध्ययन गरी प्रतिवेदन पेस गर्न फागुन ९ गते कांग्रेसका सांसद बडूको नेतृत्वमा उपसमिति गठन गरेको थियो । समितिमा कांग्रेसकै ईश्वरी न्यौपाने, एमालेका लीलानाथ श्रेष्ठ र रघुजी पन्त, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाकी चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया