समकालीन नेतृत्वमा कांग्रेसको सभापतिले अहिले पनि बोलेको कुरा पूरा गर्नु हुन्छ : रामहरि खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको राजनीति कांग्रेसको पछाडि हिँडेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले भने, ‘नेपालको राजनीति कसैको पछाडि हिँडेको छभने नेपाली कांग्रेसको पछाडि हिँडेको छ ।’
‘वर्तमान समकालीन नेतृत्वमा कांग्रेसको सभापति अहिले पनि यस्तो हुनुहुन्छ बोलेको कुरा कसैले पूरा गर्छ भने कांग्रेसको सभापतिले गर्छ । कांग्रेसले गर्छ’, नेपाली कांग्रेसका नेता समेत रहेका सभापति खतिवडाले भने ।
उनले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा नेविसंघको अध्यक्षबाट पार्टी सभापति हुन सफल हुनुभयो । पार्टीको महामन्त्रीहरू नेविसंघको राजनीतिबाट आउनु भएको थियो । हिजो उपसभपाति हुने र राष्ट्रपति हुनेहरू नेविसंघको राजनीतिबाट आउनु भएको छ ।’
उनले भने, ‘नेपाली कांग्रेसमा आशा छ । चाहे एमाले, चाहे माओवादी अरु पार्टीमा एउटा नेतापछि अर्को नेता को हो भनेर सिला खोज्नु पर्ने अवस्था छ । कांग्रेसमा गर्व लाग्छ । कांग्रेसमा एकसे एक नेताहरू छन् । त्यस्तो नेताहरू छन् हामीले देखेका छौँ ।’
उनले भने, ‘हामीलाई गर्व लागेको छ । हिजो हामीले रगत दिन चाहन्छु भनेर वृक्षा रोपण गर्न चाहन्छु भनेर बाटोमा हिँड्दा हामीलाई थुन्नेहरू आज यहि व्यवस्थामा आएर मन्त्री र उपप्रधानमन्त्री हुन पाएका छन् ।’
उनले भने, ‘हामी राजनीतिमा कहिले काहिँ गणितीय रुपमा पराजित भयौँ होला । सिद्धान्त आज पनि जितेको छ । हिजो बहुदल नमान्नेहरू, हिजो बहुदलीय व्यवस्था नस्वीकार्नेहरू संविधान मात्रै होइन, संसदीय व्यवस्थालाई स्वीकार नगर्नेहरू आज संसदीय व्यवस्थामा आएका छन् । यो नै कांग्रेसको जित हो ।’
‘हाम्रो गणतान्त्रिक इतिहाँसमा हामी गणितीयरुपमा कमजोर भयौँ होला । हाम्रो सिद्धान्तले सधैँ जितेको छ’, सभापति खतिवडाले भने ।
नेता खतिवडाले भने, ‘कृष्णप्रसाद भट्टराई दुई पटक प्रधानमन्त्री हुँदा बालुवाटारबाट एउटा छाता र एउटा सुराही लिएर निक्लनुभयो । अरु पार्टीका नेताहरू एकचोटी प्रधानमन्त्री, मन्त्री भएर बाहिर निस्कदा एउटा पजेरो र घर चाहियो भन्छन् । त्यसैले कांग्रेसले गर्व गर्छ । हामीसँग नेता छन् । हामीसँग नेतृत्व छ । हामीसँग क्षमता छ ।’
‘हामी पहिलो पार्टी छौँ । सरकारमा छौँ । कमजोर भएका हौँला । पार्टीमा ब्यालेन्स गर्नु पर्ने हुन्छ । नेपालको राजनीतिमा हामी बाहेक कसैले पनि विरोधको राजनीति गर्न सक्दैन’, उनले भने ।
उनले भने, ‘सभापति शेरबहादुर देउवा आफू पार्टी सभापति नबन्ने भइसकेपछि नयाँ काँधमा नयाँ जिम्मेवारी लिएर नयाँ नेतृत्व आउनेवाला छ । म कृष्णप्रसाद सिटौलालाई अनुरोध गर्न चाहन्छु । कांग्रेसलाई फेरि पनि पहिलो र प्रिय पार्टी बनाउन तपाईहरूले मेरो र तेरो नभन्नुहोस् । गुट होइन, जुटको राजनीति गर्नुस् । सबैलाई एकताबद्ध बनाएर हिँडाउनुस् । कांग्रेस कहिले पनि दोस्रो पार्टी हुँदैन ।’
खतिवडाले भने, ‘नेपाली राजनीतिमा युवाहरूलाई स्थापित गराउने व्यक्ति कृष्णप्रसाद सिटौला हो । चाहे अहिलेको महामन्त्री, चाहे महामन्त्रीमा उम्मेदवार भएका मान्छे हुन्, उहाँको ठूलो योगदान छ ।’
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया