परराष्ट्रमन्त्री डा.राणाद्वारा तातोपानी नाकाको भ्रमण, सञ्चालनका लागि पहल गर्ने

तातोपानी । परराष्ट्रमन्त्री डा.आरजु राणाले सिन्धुपाल्चोक जिल्लामा पर्ने तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरेकी छिन् ।
शुक्रबार डा.राणाले तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिँदै आवश्यक सहयोग गर्ने आश्वासन दिएकी छिन् । वार्षिक रू. २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रुपमा रहेको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी डा.राणाले आफूबाट सहयोग हुने बताइन् ।
तातोपानी नाकालाई प्रभावकारी रुपमा सञ्चालनका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
तातोपानी पर्यटन प्रवर्धनका हिसाबले पनि महत्वपूर्ण रहेको छ । तातोपानीबाट चीनको धार्मिक पर्यटकीयस्थल मानसरोबारका लागि सहज हुने भएकाले तातोपानी नाकालाई थप व्यवस्थित गर्नुपर्ने डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने बताएकी छिन् ।
तातोपानी नाका र भन्सार कार्यालयको स्थलगत निरीक्षणका क्रममा परराष्ट्रमन्त्री डा.राणासँग नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका सिन्धुपाल्चोकका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया