गृह मन्त्रालयद्वारा छ जना डीआईजीहरूलाई एआईजी बढुवामा सिफारिस

काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ६ जना डीआईजीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको छ ।
बुधबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाद्वारा प्रकाशित सूचीअनुसार एआईजी बढुवा सिफारिस हुनेमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल छन् ।
त्यसैगरी, डीआईजीबाट एआईजीपी बढुवा हुनेहरूमा दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार के.सी. रहेको सूचनामा उल्लेख छ ।
खापुङ, आचार्य र पोखरेल ६ देखि १० महिनाभित्र अवकासमा जानेछन् । त्यसपछि कार्की, अधिकारी र के.सी.आईजीपीको दाबेदार रहनेछन् ।

Published : Thursday, 2025 April 17, 5:56 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया