वीरगञ्ज घटना संगठित अपराध, अपराधीलाई कारबाही होस् : इस्लामी संघ
काठमाडौं । इस्लामी संघ नेपालले वीरगञ्जमा भएको घटना संगठित अपराध भन्दै दोषीलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार सिंहदरबारमा गृहमन्त्री लेखकसँग भेट गरेर संघका अध्यक्ष नजरुल हसन फलाही नेतृको टोलीले वीरगञ्ज घटनामा स्थिति बिग्रन दिनुमा प्रहरी प्रशासन मुकदर्शक भएर बसेको कारण रहेको जनाएको छ ।
‘वीरगञ्जमा हनुमान जयन्ती लगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यस पटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही अतिवादी युवाहरूले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतंक फैलाउन खोज्नु गम्भीर षड्यन्त्रपूर्ण योजनाको द्योतक हो’, ज्ञापन पत्रमा भनिएको छ ।
‘यस संगठित अपराधिक गतिविधिमा संलग्न व्यक्ति जुनसुकै समुदायको भएता पनि त्यस्ता व्यक्तिलाई तुरुन्त कानूनी दायरमा ल्याई सख्त कारबाही गरियोस् । देशमा दिगो शान्तिको लागि काम गरियोस । तत्कालीक घटनालाई मत्थर मात्र गर्दै कसैले गरेको अपराधलाई छुट दिने काम नगरियोस’, चेतावनी दिँदै संघले भनेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया