कांग्रेस नेता शाहद्वारा नारायणगढ-बुटवल सडकमा प्रधानमन्त्रीसहित उच्च अधिकारीहरूलाई यात्रा गराउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले नारायणगढ–दाउन्ने–बुटवल सडकखण्डमा प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरूलाई यात्रा गराउनुपर्ने भन्दै व्याङग्य गरेका छन् ।

बुधबार कांग्रेस नेता शाहले सामाजिक सञ्जलमार्फत भनेका छन्, ‘प्रधानमन्त्री, मन्त्री तथा सरकारी उच्च पदस्त अधिकारीहरूलाई हवाई मार्ग नभई दाउन्नेको बाटो प्रयोग गरि पश्चिम यात्रा गर्नु पर्दछ । जनताले झेल्दै आएको पीडा बल्ल थाहा हुने थियो ।’

दाउन्ने सडकखण्डमा दैनिक घण्टौंसम्म जाम हुने गरेको छ । यात्रुहरू समयमा गन्तव्यमा पुग्न सकिरहेका छैनन् । धुलो उड्ने, वर्षात् हुँदा सवारी साधनहरू चिप्लिएर बाटो अबरोध हुने, दुर्घटना हुने लगायतका घटना भइरहेका छन् ।

नारायणगढ–दाउन्ने–बुटवल सडकखण्ड निर्माण हुन लागेको वर्षौं भइसकेको छ । अहिलेसम्म सडक निर्माण हुन सकेको छैन । राज्यको अर्बौं लगानी भएको यो सडकखण्ड निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्का लिएको छ । चिनियाँ कम्पनीले समयमा काम गर्न सकेको छैन ।

नारायणगढ–दाउन्ने–बुटवल सडकखण्डबाट हजारौं सवारी साधन र लाखौं यात्रुले यात्रा गर्दै आएका छन् । सडक निर्माण नहुँदा जनताले सास्ती व्यहोर्नु परेको छ ।

नारायणगढ–दाउन्ने–बुटवल सडकखण्डका कारण पनि सरकारप्रति दिन प्रतिदिन आक्रोश र वितृष्णा बढेर गएको छ ।

Published : Wednesday, 2025 April 16, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया