विमानस्थलका ३ प्रहरीलाई मात्रै होइन, एसएसपी राठौरलाई पनि सोधपुछ गर्न माग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ३ जना प्रहरी कर्मचारीहरूलाई अनुसन्धान तानेको छ ।
कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालद्वारा बुधबार जारी विज्ञप्तिअनुसार विमानस्थलमा भएको घटनाका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘२०८१ चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौंमा कार्यरत प्रहरी कर्मचारीहरूद्वारा स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको भन्ने किसिमको भिडियो विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशन भएको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘सो कार्यमा संलग्न देखिएका ३ जना प्रहरी कर्मचारीहरूलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ’, प्रवक्ता खनालले भनेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौंको प्रमुखमा (एसएसपी) सोमेन्द्रसिंह राठौर छन् । यो घटनाले राठौरको कमाण्डलाई लिएर प्रश्न उठेको छ । आफ्नो मातहतका प्रहरी कर्मचारीलाई एसएसपी राठौरले सम्हाल्न नसकेको आरोप लागेको छ ।
तीन जना प्रहरीलाई रानीपोखरी तानेर छानविन अगाडि बढे पनि एसएसपी राठौरलाई पनि नियमित अनुगमन र कमाण्डका विषयमा के कस्तो भएको हो भनेर रानीपोखरीले सोधपुछ गर्नुपर्ने माग सामाजिक सञ्जालमा उठेको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया