दाङ कांग्रेसका नेता ज्ञवालीको निधन

घोराही । नेपाली कांग्रेस दाङका नेता तीर्थराज ज्ञवाली ‘चैतु’को निधन भएको छ ।

मंगलबार दाङको घोराहीमा कांग्रेस नेता ज्ञवालीको निधन भएको दाङ कांग्रेसले जनाएको छ । ज्ञवालीले प्रजातान्त्र स्थापनाका लागि भएको प्रजातान्त्रिक आन्दोलनमा दाङमा नेतृत्वदायी भूमिका निभएका थिए ।

नेता ज्ञवालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका क्रममा निधन भएको छ ।

ज्ञवाली लामो समयदेखि रगत सङ्क्रमण सम्बन्धी रोगबाट ग्रसित रहेको उनका भाइ तथा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सचिव ध्रुव ज्ञवालीले जानकारी दिएका छन् ।

नेता ज्ञवाली २००८ सालमा जन्मिएका हुन् । दाङ कांग्रेस निर्माणमा ज्ञवालीको ठूलो योगदान छ ।

Published : Tuesday, 2025 April 15, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया