नेता बस्नेत मेलम्ची कांग्रेसद्वारा आयोजित कार्यक्रममा सहभागी

मेलम्ची । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर शुभकामना अदान प्रदान गरेका छन् ।

सोमबार सिन्धुपाल्चोकको मेलम्चीमा नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिद्वारा हैबुङ्ग सोती खोलामा नव वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान, वनभोज, भित्तेपात्रो बिमोचन तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । नेता बस्नेतले शुभकामना दिनुका साथै सिन्धुपाल्चोकको विकासमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

नेता बस्नेतले भने, ‘तपाईंहरूको संघीय प्रतिनिधिको हैसियतले बजेट व्यवस्थापन, विकास निर्माण र तपाईंको सुख, दुःखमा सदा झैं म स्वयं तत्पर रहेको कुरा सम्बन्धित सम्पूर्णलाई अवगत गराउन चाहन्छु ।’

Published : Tuesday, 2025 April 15, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया