नेपालको आन्तरिक मामिलामा दखल गर्दै प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट
काठमाडौं । आन्दोलनमा सहभागी अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी डीपोर्ट गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनलाई मंगलबार नेपालबाट डिपोर्ट गरेर पठाइनेछ ।
नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि अमेरिकी नागरिक किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय भएको छ ।
विदेशी नागरिक भएर उनी राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएको छ । पक्राउ पर्दा पनि उनले कुलमान घिसिङको पक्षमा नाराबाजी गरेका थिए । कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन ।
चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले कुलमान घिसिङको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए ।
अमेरिकी नागरिक किर्पाल पर्यटक भिसामा नेपालमा बस्दै आएका थिए । पछिल्लो समय विभिन्न समूहहरूसँग निरन्तर उनी भेटघाटमा थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया