पर्यटन प्रवर्द्धनका लागि परराष्ट्रमन्त्री डा.राणाद्वारा राजदूत र कुटनीतिज्ञहरूसहित इलाममा

इलाम । परराष्ट्रमन्त्री डा.आरजु राणाले २१ देशका राजदूत र कुटनीतिज्ञहरूसहित इलामको कन्यामको अवलोकन भ्रमण गरेकी छिन् ।
आइतबार परराष्ट्रमन्त्री डा.राणाले कन्यामको अवलोकन गर्नुका साथै राजदूतहरूलाई पर्यटन प्रवर्द्धनका लागि आग्रह गरेकी छिन् । पर्यटन प्रवर्द्धन सम्नेलनका लागि इलामको कन्याम हुँदै डा.राणा श्रीअन्तुमा जान लागेको बताएकी छिन् ।

परराष्ट्रन्त्री डा.राणाले नयाँ वर्षको अवसर पारेर परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाडाको प्रवर्द्धनको लागि संयुक्त रुपमा परराष्ट्रमन्त्री डा.राणाले रिट्रटको आयोजना गरेकी हुन् ।
‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिइएको कार्यक्रममा सहभागी परराष्ट्रमन्त्री डा.राणासहितको राजदूतको टोलीलाई सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले कन्याममा स्वागत गरेका छन् । विदेशी राजदूतहरूले स्वागतका लागि प्रदर्शन गरिएको सांस्कृतिक झाँकीको अवलोकन गरेका छन् । झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै उनीहरूले कन्याममा घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिएका छन् ।

परराष्ट्रमन्त्री डा.राणासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरेका छन् । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर परराष्ट्रमन्त्री डा.राणा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।
नेपाल पर्यटन बोर्ड र सूर्योदय नगरपालिकाको सहकार्यमा नेपालस्थित कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्थाका राजदूतहरू र प्रतिनिधिहरूसँगको रिट्रीट कार्यक्रमको लागि कन्याममा आएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
पर्यटन प्रवर्द्धन संवादलाई बढावा दिन र नेपालको पर्यटन प्रवर्द्धन गर्न अद्भूत पहल भएको डा.राणाले बताएकी छिन् ।
इलामको पर्यटनका लागि परराष्ट्रमन्त्री डा.राणाको पहल ठूलो हौसला भएको नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद नगेन्द्र कुमालले बताएका छन् । नेता कुमालले भनेका छन्, ‘परराष्ट्रमन्त्री डा.आरजु राणाबाट इलामको पर्यटन प्रवर्द्धनमा भएको प्रयासलाई हामी ईलामेलीहरूले ठूलो हौसलाका रुपमा लिएका छौँ । माननीय परराष्ट्रमन्त्री ज्यूलाई हार्दिक धन्यवाद ।’
परराष्ट्रमन्त्री डा.राणालाई इलाममा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका छन् ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया