लुम्बिनीमा पूर्णिमा मेला, वैशाख २ गतेसम्म रहने

लुम्बिनी । शुक्रबारदेखि लुम्बिनीमा शुरु भएको चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँनेछ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला चैत २९ गते शुक्रबारदेखि शुरु भएको छ । मेला वैशाख २ गतेसम्म जारी रहनेछ ।

बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने गरेको छ ।

इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध)को जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दू र बौद्ध धर्मावलम्बी विशेष पूजा, ध्यान र दान–धर्मका कार्यमा समर्पित देखिन्छन् ।

मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्य हुनुका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ । स्थानीयले यो मन्दिरलाई समयमाई वा रूमिन्देइमाई स्थानको रूपमा पुज्ने गर्छन् ।

Published : Sunday, 2025 April 13, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया