महासंघका निवर्तमान अध्यक्ष पोख्रेलको कविता संग्रह विमोचित

घोराही । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको कविता संग्रह ‘बाको अनुहार’को विमोचन गरिएको छ ।
शनिबार घोराहीमा आयोजित कार्यक्रममा ३० वटा कविताहरू संग्रहको नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले विमोचन गरेका हुन् ।
पोख्रेलले संग्रहमा समाज, परिवर्तन, स्वतन्त्रता, राष्ट्रियता, प्रेमका बिषयहरूमाथी कविता लेखेका छन् ।
आमामाथी प्रशस्त साहित्य लेखिएको भएता पनि पितामाथी थोरै साहित्य लेखिइदै आएको समयमा पोख्रेलले बाको बारेमा कविता लेखेर त्यसैका आधामरा सग्रहको नाम नै राखेको विषयलाई समीक्षकहरूले नयाँ अभ्यास भनेर टिप्पणी गरेका छन् ।
साहित्यले मानिसलाई अनुशासित, अन्तरक्रियात्मक र आत्मसमिक्षक बनाउने चर्चा गर्दै कृतिकार पोख्रेलले आफ्नो कृतिलाई सोही अनुसारले ग्रहण गर्न र रसस्वादनको संस्कृतिलाई बल दिन पाठकलाई आह्वान गरेका छन् ।
प्रमुख अतिथी शर्माले साहित्यिक लेखनले वीपी कोइराला, नेहरुले आफ्नो उचाईं हासिले गरेको चर्चा गरेको भन्दै भने, ‘राजनीति गर्नेहरूले पनि लेख्दै जाँदा परिवर्तनका यात्राहरूलाई सम्भव तुल्याएका छन्, त्यसैले लेखनको अलग महत्व हुन्छ ।’
समीक्षक डा.कृष्णराज डिसीले प्रस्तुत कृति नेपाली साहित्यको आकाशमा एउटा बलियो उपस्थितिका रुपमा आएको चर्चा गरे । अर्का समीक्षक डा.टीकाराम उदासीले विषयबस्तुका दृष्टिले कवि पोख्रेलले आफूलाई अब्बल देखाउन सफल भएको चर्चा गरे ।
पोख्रेलका पिता साहित्यकार विनोद पोख्रेललाई राप्ती साहित्य परिषदले गरेको सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया