सिन्धुपाल्चोकमा माओवादीका युवाहरू कांग्रेसमा प्रवेश, नेता बस्नेतद्वारा स्वागत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले माओवादी केन्द्र परित्याग गरेका युवाहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले माओवादी परित्याग गरेका युवाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । नवप्रदेशीहरूलाई नेता बस्नेतले संगठन निर्माणका क्रममा योग्यता र क्षमताका आधारमा पार्टीमा जिम्मेवारी प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका क्षेत्र, प्रदेश, नगरपालिका र गाउँपालिका प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।

Published : Saturday, 2025 April 12, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया