शिक्षकहरूको माग र आन्दोलनमा सभापति खतिवडाको ऐक्यवद्धता, ओखलढुङ्गाका शिक्षकहरूसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूको मागप्रति ऐक्यवद्धता जनाएका छन् ।
शनिबार काठमाडौंको बानेश्वर–बबरमहल क्षेत्रमा आन्दोलनरत शिक्षकहरूसँग भेट गरेर सभापति खतिवडाले सरकारले शिक्षकहरूको आन्दोलन र मागप्रति छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने बताए । उनले सरकारले शिक्षकहरूको माग सम्बोधन गर्न ढिलाइ गरेको भन्दै अविलम्ब सुनुवाई गर्न आग्रह गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको आन्दोलन र मागप्रति गम्भीर चासो र चिन्ता जनाइसकेको भन्दै खतिवडाले शिक्षकहरू माग पूरा राउन सडक आन्दोलनमा आउनुपर्ने बाध्यता उपयुक्त नरहेको बताए ।
सभापति खतिवडाले शिक्षकहरूको विधेयक आगामी संसदको अधिवेशनबाट पारित गराउन आफूले पनि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

उनले भने, ‘म राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुँ । मेरो समितिको क्षेत्राधिकार होइन । तर, आगामी संसदबाट शिक्षा विधेयक पारित गराउन मेरो पनि भूमिका रहनेछ । मेरो पार्टीका सभापति शेरबहादुर देउवाज्यूले पनि शिक्षकहरूको माग र आन्दोलनप्रति चासो तथा चिन्ता जनाइसक्नु भएको छ । सरकारले पनि शिक्षकका मागप्रति गम्भीरता देखाइरहेको छ । छिटो कार्यान्वयनतिर जानेछ भन्ने विश्वास लिएको छ ।’
सभापति खतिवडाले शिक्षक आन्दोलनमा ओखलढुङ्गाबाट आएका शिक्षकहरूसँग पनि भेट गरेका छन् । शिक्षकहरूसँग केही समय बसेर सभापति खतिवडा कार्यक्रमका लागि गृहजिल्ला ओखलढुङ्गातिर लागेका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया