गणतन्त्रविरुद्ध जाने जोकोही सजायको भागीदार हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरूप स्थापना भएको बताएका छन् ।

तनहुँको दमौलीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जाने जोकोही सजायको भागीदार हुने चेतावनी दिए । उनले लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनु पर्ने बताए । उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको बताएका छन् ।

Published : Saturday, 2025 April 12, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया