गणतन्त्रविरुद्ध जाने जोकोही सजायको भागीदार हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरूप स्थापना भएको बताएका छन् ।
तनहुँको दमौलीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जाने जोकोही सजायको भागीदार हुने चेतावनी दिए । उनले लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनु पर्ने बताए । उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको बताएका छन् ।
Published : Saturday, 2025 April 12, 2:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया