कांग्रेस नेता बस्नेतद्वारा फुटबल प्रतियोगिताको उद्घाटन

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।

बिहीबार सिन्धुपाल्चोकको लामोसाँघु, बसन्तपुर खेलमैदानमा नेता बस्नेतले फुटबल प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले खेलाडीहरूलाई शुभकामना समेत दिएका छन् ।

बलेफी गाउँपालिका वडा नं. ८ द्वारा आयोजित वडाध्यक्ष यू–१३ फुटबल खेल प्रतियोगिता कांग्रेस नेता बस्नेतले उद्घान गरेका हुन् ।

यसैबीच, नेता बस्नेतले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ धुस्कुनमा रहेको श्री महेन्द्रप्रताप माध्यमिक बिद्यालयको ६५औँ वार्षिक उत्सव तथा अभिभावक भेलामा पनि सहभागी भएका छन् ।

भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सबैका लागि शिक्षा सर्वसुलभ बनाउनुपर्ने बताए । उनले सिन्धुपाल्चोकमा कांग्रेसले जितेका केही पालिकाहरू निःशुल्क शिक्षाको अभियान शुरु भइसकेको बताए ।

Published : Thursday, 2025 April 10, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया