आर्थिक वृद्धिलाई अगाडि बढाउनेमा सरकार गम्भीर छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले अहिलेको राजनीतिक स्थिर सरकारका कारण आर्थिक वृद्धि र विकासमा सहयोग पुगेको बताएकी छिन् ।
बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा डा.राणाले राजनीतिक अस्थिरताले पनि आर्थिक लगानीमा समस्या भएको बताइन् ।
उनले भनिन्, ‘फास्ट्रयाकसहितका सडकहरू निर्माण भइरहेका छन् । सरकारको स्रोत परिचालन गर्ने विषय नयाँ होइनन् । यसको मूल कारण राजनीतिक अस्थिरता पनि ठूलो कारण हो ।’
‘आर्थिक विकासमा रुकावट ल्याउने । यो कुरालाई पनि हामीले आत्मसाथ गरेरै अहिलेको सरकार बनेको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘अहिले हामीले स्थिर सरकार चलाउँदा इकोनोमिक पोलिसीहरूलाई इकोनोमिक प्रोग्रेसहरूलाई कसरी अगाडि बढाउने भनेर सिरियसली यो सरकार प्रस्तुत भएको छ ।’
उनले भनिन्, ‘सरकार सिरियस छ भन्नेकुराको यो मञ्चमा उपस्थितिले पनि देख्नुभएको छ होला । प्रधानमन्त्री स्वयं र क्याबिनेटका मेम्बरहरू सबै आज उपस्थिति छौँ । यो हाम्रो सिम्बोलिक उपस्थिति मात्रै होइन हामी एकदमै सिरियस छौँ ।’
परराष्ट्रमन्त्री डा.राणाले मुलुकको राजस्वमा सुधार भएका कारण वैदेशिक ऋण र अनुदानमा कमी आएको पनि बताएकी छिन् ।

उनले भनिन्, ‘वैदेशिक ऋण र अनुदान पहिलाभन्दा कम हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । वैदेशिक सहायताको स्थिति पहिलाभन्दा कम छ । यो नराम्रो कुरा होइन । २०४६ सालमा २० अर्बको हाम्रो बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो ।’
‘हामीले आफ्नै राजस्व पनि बढाएर गयौं । हाम्रो ट्याक्स बेस पनि बढेर गएको छ । अनुदानहरू संकुचित भएर गएको छ’, डा.राणाले भनिन्, ‘अझै पनि घट्ने सम्भावनाहरू प्रचुर बढेर गएको छ ।’
‘हामीले कानूनमा धेरै सुधारहरू गरेका छौँ । संसदमा पनि यो कुरा पास भएको छ । सबै राजनीतिक दलहरूले सहयोग गरेर पास गरिदिनुभएको छ’, उनले भनिन् ।
डा.राणाले भनिन्, ‘परराष्ट्र मन्त्रालयबाट इकोनोमिक डिप्लोमेसीमा पनि जोड दिएर अगाडि बढ्नलाई गएका छौं । हाइड्रो पावर, पर्यटन, कृषि लगायतमा कुरा भएका छन् । नेपालले लगानीका लागि इन्ट्रेस्ट देखिएको छ ।’
उनले भनिन्, ‘निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिन्छ भन्ने विषयमा म स्पष्ट छु । अधिकतम विकसित राष्ट्रबाट बढोत्तरी हुने क्रममा हामीले दिगो विकासका लक्ष्यहरूलाई हासिल गर्नुछ । द्रुत आर्थिक बृद्धि एवम् विकासको आकांक्षा पनि पूर्ण गर्नुछ ।’
‘हाम्रो अर्थतन्त्र ट्रिपल ट्रयापमा परेको कुरा व्यवसायी साथीहरूले भनिरहनु भएको छ । अर्थतन्त्रका सम्बध तथ्याङ्कहरूले पनि त्यो देखाएको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया