स्वास्थ्यमन्त्री पौडेलद्वारा जीपी फाउण्डेशन अमेरिकाको कार्यालयको अवलोकन र भेटघाट

न्युयोर्क । नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरूसँग भेटघाट गरेका छन् ।

जीपी फाउण्डेशनको कार्यालय उडसाईड, न्युयोर्कमा पौडेलले भेटघाट गरेका हुन् । उनले कार्यालयको अवलोकन पनि गरेका छन् ।

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वास्थ्यमन्त्री पौडेललाई खादामाला लगाई स्वागत गरेका छन् । कार्यसमिति सदस्यहरू सूर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री लगायतले पनि पौडेललाई स्वागत गरेका छन् ।

स्वास्थ्यमन्त्री पौडेलले जीपी कोइराला फाउन्डेशन अमेरिकाको कार्यालयमा भ्रमण गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिकामा फाउण्डेशनले गरेका विविध गतिविधिहरूवारे संक्षेपमा व्याख्या गरेका छन् । उनले फाउन्डेशनमार्फत कोरोनादेखि आजसम्म प्रवासी नेपाली डायस्पोरा र अन्य समुदायसँग समेत मिलेर गरिएका सामाजिक कार्यहरूवारे विस्तृतमा बताएका छन् ।

भ्रमणका अवसरमा सामाजिक अभियान्ताहरू अम्बिरराज जोशी, सुजन खनाल, कृष्ण पोख्रेल, मीन खड्का, मीन हमाल, महदत्त कँडेल लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 April 10, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया