देशभरि ९ स्थानका सडकहरूमा बाढी र पहिरो, कृष्णभिर एकतर्फी खुल्यो

काठमाडौं । वर्षाका कारण ९ स्थानका सडकहरू बाढी र पहिरोबाट अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार देशभरिका ९ स्थानमा सडकहरूमा पहिरो खसेर अवरोध भएका छन् । केही स्थानमा आवागम सुचारु भइसकेका छन् भने केही स्थानमा एकतर्फ सडक खुलेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ चारसयवेशी, घुमाउने र पिप्लेमा वीपी राजमार्ग एकतर्फ सुचारु भएको छ ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ कृष्णभिरमा पहिरोले अबरुद्ध भएको पृथ्वीलोकमार्ग एकतर्फ रुपमा सञ्चालन भएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ११ पृतिवाङ खोलास्थित राप्ती राजमार्ग बाढीका कारण पूर्णरुपमा अबरोध भएको छ । कालीकोटमा पहिरो पचालझर्ना गाउँपालिका वडा नं. ८ जारकोटमा सुर्खेत–हुम्ला सडक खण्ड पूर्णरुप अवरोध भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित राप्ती राजमार्ग सडक खण्ड बिहान ८ बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । सल्यानकै बनगार कपिन्डे नगरपालिका वडा नं. ११ धारापानीमा जाजरकोट सडकखण्ड पहिरोले पूर्णरुपमा अबरोध भएको छ ।
दार्चुलामा पनि पहिरोले अबरुद्ध रहेको महाकाली नगरपालिका वडा नं. ५ गोकुलेश्वर दार्चुला सडकखण्ड एकतर्फ खुलेको छ ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया