यातायात कार्यालय नेपालगञ्जबाट अख्तियारद्वारा ४ जना पक्राउ, मासिक ३ करोड अबैध कलेक्सन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारी र बिचौलियाहरूलाई पक्राउ गरेको छ ।
बुधबार अख्तियारको टोलीले यातायत व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भाञ्जा ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोपराईटर शरदकुमार गोराथोकीलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।
यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरूले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया