भूकम्पको पीडामा रहेकाे म्यानमारलाई नेपालले साथ दियो, २७ टन बराबरको राहत पठाउँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भूकम्पले क्षति भएको म्यानमारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग गर्न लागेको बताएकी छिन् ।
राहत सामग्री लिएर बुधबार राति नेपाल सरकारको तर्फबाट टोली म्यानमार प्रस्थान गर्नेछ । म्यानमारमा गत शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प जाँदा ३ हजार बढी मानिसको मृत्यु भएको थियो ।
नेपाल सरकारले भूकम्पबाट क्षतिग्रस्त म्यानमारसँग आवश्यक परेका सामग्रीहरूको सूचि माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूचिअनुसार खाद्यान्न, औषधिहरू, मेडिकल टिमहरू रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

डा.राणाले भनिन्, ‘हाम्रो राजदूतावास म्यानमारमा भएको हुनाले त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरूलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधिहरू, मेडिकल टिमहरू माग्नुभएको थियो ।’
‘त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ’, डा.राणाले भनिन्, ‘नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौँ ।’
यसअघि नेपाली सेनाको चिकित्सकको टोली म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरू, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरू म्यानमारमा पठाउने सरकारको तयारी छ । नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाइनेछ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया