पाल्पामा भिर मौरीले टोकेर घाइते कमलको मृत्यु

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले भिर मौरीले टोकेर घाइते भएका ५० वर्षीय कमल बि.क.को मृत्यु भएको जनाएको छ ।

मंगलबार बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोक बस्यालबारीस्थित आर्यभञ्ज्याङदेखि गोफेकतर्फ जाँदै गरेका कमललाई भिर मौरीले टोकेको थियो । गोफेक बस्ने कमललाई भिर मौरीले बाटोमा हिँडिरहेका बेला टोकेको पाल्पा प्रहरीका प्रहरीले जनाएको छ ।

भिर मौरीले टोकेपछि गम्भीर घाइते भएका कमललाई उनका छोराले लुम्बिनी मेडिकल कल कलेज प्रभाषमा लगेका थिए । उनको उपचारका क्रममा चिकित्सकहरूले मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2025 April 9, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया