लामिछानेका पार्टनर जोशी अस्पताल भर्ना

भैरहवा । सहकारी ठगका अभियुक्त पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
मंगलबार जोशीलाई भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस)मा भर्ना गरिएको कारागार कार्यालय रुपन्देहीले जनाएको छ । जोशी पुर्पक्षका लागि भैरहवा कारागारको थुनामा छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपेन्देही जिल्ला अदालतले जोशीलाई माघ २८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, कालीमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी ठगीमा मुद्दा दायर भएको छ ।
सहकारी ठगी र संगठित अपराधमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा सोमबार पुर्पक्षका लागि पुगेका छन् ।
रुपन्देही जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्टाइदिएपछि लामिछानेमा थुनामा पुगेका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया