रामपुर प्रहरीद्वारा निष्दीमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजना

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत निष्दीमा कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार निष्दी गाउँपालिका– ४ मा निष्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष तिरणकुमारी श्रेष्ठको विशिष्ट आतिथ्यतामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष, सदस्यहरू, स्थानीय बासिन्दाको उपस्थितिमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय, रामपुरका प्रहरी प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीले वन डढेलो नियन्त्रण, बाल विवाह, आत्महत्या न्यूनीकरण, लागुऔषध, साईबर अपराध र ट्राफिक सचेतना सम्बन्धी समुदाय प्रहरी साझेदारी कार्यक्रमका विषयमा जानकारी गराएका छन् ।
प्रहरीको केन्द्रीय नीतिअनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई गाउँ, टोलसम्म पु¥याउने लक्ष्य रहेको छ । सोही कारण इलाका प्रहरी कार्यालय रापुमपुरले कार्यक्रमहरू गर्दै आएको छ ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया