स्टक एक्सचेञ्जको प्रमुख कार्यकारीका लागि ५ जनाको नाम सार्वजनिक, बुधबार अन्तवार्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले ५ जनाको नामावली सार्वजनिक गरेको छ ।
समितिले चुडामणि चापागाईं, नारदकुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम संक्षिप्त सूचीमा प्रकाशित गरिएको जनाएको छ ।
संक्षिप्त सूचीमा नाम प्रकाशित भएका ५ जनालाई चैत ६ गते बुधबार बिहान ७ बजे अर्थ मन्त्रालयमा सम्पर्क गर्न समितिले आइतबार सूचना प्रकाशित गरेको छ । समितिले नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज प्रमाणहरू लिई उपस्थित हुन भनिएको छ ।
बुधबार ५ जना उम्मेदवारहरूसँग समितिले अर्थ मन्त्रालयमा अन्तर्वार्ता लिनेछ । त्यसपछि एकजनालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया