नेविसंघबाट थापाथली क्याम्पसमा प्रल्हाद खड्का नेतृत्वको प्यानल मैदानमा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट थापाथली क्याम्पस, थापाथली, काठमाडौंमा प्रल्हाद खड्का नेतृत्वको प्यानललाई विजयी बनाउन अपील गरिएको छ ।
नेविसंघले खड्कालाई सभापतिमा उम्मेदवार बनाएको छ । चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको छ । निर्वाचनमा नेविसंघको प्यानललाई विजयी बनाउन नेविसंघका नेताहरूले अपील गरेका छन् ।
सभापति खड्का नेतृत्वको प्यानलबाट सचिवमा ओमप्रकाश नेगी, कोषाध्यक्षमा ऋषिकेश प्रजापती उम्मेदवार बनेका छन् ।
प्रत्यक्ष खुलातर्फको सदस्य पदमा रिया भट्टराई, विवेक पाण्डे, प्रशान्त झा, अविनाश जोशी, उत्सव अधिकारी, उषा विष्ट र सुरेश ओझाले उम्मेदवारी दिएका छन् ।

Published : Saturday, 2025 March 15, 10:00 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया