परराष्ट्रमन्त्री डा.राणालाई दिल्लीमा स्वागत, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणालाई ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर र भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले स्वागत गरेका छन् ।

बिहीबार भारतको नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.राणालाई भारतका विदेश सचिव महावर र राजदूत शर्माले स्वागत गरेका हुन् ।

परराष्ट्रमन्त्री डा.राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा दी अव्जर्भर रिसर्च फाउण्डेसनले १७ देखि १९ मार्च २०२५ सम्म नयाँ दिल्लीमा आयोजना गर्ने राईसिना डायलग अन्तर्गतका विभिन्न कार्यक्रम र सिजनहरूमा सहभागी हुनेछिन् । उनले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतका लागि नेपाली राजदूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री डा.एस.जयशंकर र अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री भारतको झारखडस्थित प्रसिद्ध धार्मिकस्थल बाबा बैद्यनाथ धामको धार्मिक भ्रमणपश्चात नयाँ दिल्ली आएकी थिइन् ।

Published : Thursday, 2025 March 13, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया