अन्तरद्वन्द्व अन्त्य गर्न सक्ने हो भने कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन : मन्त्री महर्जन

भीमफेदी । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्वको अन्त्य गर्न सक्ने हो भने कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।
बुधबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ धोर्सिङमा कांग्रेसको भीमफेदी गाउँपालिका कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरसम्वाद कार्यक्रममा मन्त्री महर्जनले कांग्रेसमा समस्याको रुपमा अन्तरघात र अन्तरद्वन्द्व रहेको बताए ।
कांग्रेसका नेता समेत रहेका मन्त्री महर्जनले भने, ‘नेपाली कांग्रेसभित्र रहेको वडा तहदेखि पालिका, क्षेत्र र जिल्लासम्म रहेको अन्तरद्वन्द्वलाई समाधान गरिनुपर्नेछ । अन्तरद्वन्द्व अन्त्य भयो भने कांग्रेसलाई कसैले हराउन सक्दैन ।’
‘एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने कार्यलाई अन्त्य गरिनुपर्छ’, खेलकुदमन्त्री महर्जनले भने, ‘म मन्त्री बनेर आएपछि युवा तथा खेलकुद मन्त्रालयलाई काम गर्ने वातावरणमा लगेको छु । खेलकुद सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गरिएको छु । अघिल्ला मन्त्रीहरूले गर्न नसकेको काम गरेका छौँ ।’
कार्यक्रममा खेलकुदमन्त्री महर्जनले नेपाली बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको निकै प्रसंशा गरेका छन् । महर्जनले भने, ‘आदरणीय नेता ईन्द्रबहादुर बानियाँ जस्तो नेता पाउनु मकवानपुर जिल्लाका जनताले गौरब मान्नु पर्छ ।’ सभापति बानियाँको पहलमा मकवानपुर जिल्लामा विकास निर्माणमा काँचुली फेरेको उनले बताए ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया