भूमि आयोग बागलुङको सदस्यमा कांग्रेस नेताद्वय थापा र गौतम नियुक्त
काठमाडौं । भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङको सदस्यहरूमा नेपाली कांग्रेसका नेताद्वय केशरबहादुर थापा र उमेश गौतम नियुक्त भएका छन् ।
बुधबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागलुङ कांग्रेसका नेताद्वय थापा र गौतमलाई नियुक्ति गरेको सहसचिव मदन कोइरालाद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ ।
बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४ निवास थापा भूमि समस्या समाधान आयोग, जिल्ला समिति बागलुङको सदस्य पदमा नियुक्ति भएका हुन् ।
गलकोट नगरपालिका वडा नं. ८ निवास गौतम भूमि समस्या समाधान आयोग, जिल्ला समिति बागलुङको विज्ञ सदस्य पदमा नियुक्ति भएको पत्रमा उल्लेख छ ।
Published : Wednesday, 2025 March 12, 9:00 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया