भूमि आयोग बागलुङको सदस्यमा कांग्रेस नेताद्वय थापा र गौतम नियुक्त

काठमाडौं । भूमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङको सदस्यहरूमा नेपाली कांग्रेसका नेताद्वय केशरबहादुर थापा र उमेश गौतम नियुक्त भएका छन् ।

बुधबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागलुङ कांग्रेसका नेताद्वय थापा र गौतमलाई नियुक्ति गरेको सहसचिव मदन कोइरालाद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ ।

बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४ निवास थापा भूमि समस्या समाधान आयोग, जिल्ला समिति बागलुङको सदस्य पदमा नियुक्ति भएका हुन् ।

गलकोट नगरपालिका वडा नं. ८ निवास गौतम भूमि समस्या समाधान आयोग, जिल्ला समिति बागलुङको विज्ञ सदस्य पदमा नियुक्ति भएको पत्रमा उल्लेख छ ।

Published : Wednesday, 2025 March 12, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया