त्रिवि कीर्तिपुरको स्ववियु सभापतिमा पद्मा भुसालको उम्मेदवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा पद्मा भुसालले सभापति पदमा उम्मेदवारी दिएकी छिन् ।
नेपाल विद्यार्थी संघकी नेतृ समेत रहेकी भुसालले सभापति पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी हुन् । भुसाल यसअघि त्रिविमा कोषाध्यक्ष रहेकी थिइन् ।
नेतृ भुसाल बायोटेक्नोलोजी र ग्रामीण विकासकी विद्यार्थी हुन् । स्नातक तहको पढाइ अमृत क्याम्पसबाट पूरा गरेकी भुसाल स्याङ्जा जिल्लामा जन्मेकी हुन् ।
समानता विद्यार्थी एकता लैङ्गिक विभेदता भ्रष्टाचारमुक्त प्रशासन अपाङ्गमैत्री भौतिक संरचना २४सै घण्टा सुरक्षित र शान्तपूर्ण विश्वविद्यालय क्षेत्र व्यवस्थित र सुरक्षित छात्रावास, विभेदमुक्तको कुरा उठाउँदै आएकी छिन् ।
उनले नियमसंगत छात्रवृत्ति कोष, राजनीतिक हस्तक्षेप मुक्त र निष्पक्ष कर्मचारी, पदाधिकारी नियुक्ति परीक्षा नियन्त्रण कार्यालय, विश्वविद्यालयका सेवाहरू पूर्णरूपमा प्रविधिमैत्री लगायतका विभिन्न विद्यार्थीसँग सम्बन्धित नाराहरू लिएर स्वतन्त्र रुपमा सभापति पदमा उम्मेदवार बनेको बताएकी छिन् ।
सभापति पदमा निर्वाचित हुँदै गर्दा विश्वविद्यालय क्याम्पसको पहिलो महिला सभापतिको रूपमा इतिहाँस रच्ने उनको विश्वास छ ।
विद्यार्थीमाझ घुलमिल रहेको र निरन्तर अध्ययन गरिरहेको विद्यार्थी भएको नाताले र स्वतन्त्र विद्यार्थी युनियनमा पदाधिकारीको रुपमा सफल कार्यकाल पूरा गरेको अनुभव भुसालसँग छ ।
सभापति पदमा एक प्रबल र सशक्त उम्मेदवारको रुपमा भुसाललाई हेरिएको विद्यार्थी नेताहरूबीच चर्चा छ । विश्वविद्यालयका प्राध्यापकहरू प्रजातन्त्र समानता र निष्पक्षतामा विश्वासरत सम्पूर्ण विद्यार्थीले आफूलाई सघाउनेमा भुसालले विश्वस लिएकी छिन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया