सत्ताबाट बाहिरिएर तनाबमा परेका प्रचण्डलाई सभापति यादवको जवाफ, सरकारको आलोचना

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद समेत रहेका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले प्रमुख प्रतिपक्ष र सत्तापक्षबीच विश्वासको समस्या रहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले एकले अर्कालाई आरोप लगाउने कार्य उपयुक्त नरहेको बताए ।

उनले भने, ‘हामीले कस्तो व्यवस्था अन्तर्गत, कस्तो राज्य प्रणाली सञ्चालन गर्दै छौं ? आज सबैभन्दा ठूलो समस्या विश्वासको हो ।’

‘प्रतिपक्ष दल र सत्तापक्षको बीचमा जुहारी हेर्दा एकले अर्कालाई जसरी आरोप र प्रत्यारोप लगाइरहेको छ । यो समय र घटनालाई हेर्दा एउटा कहानी छ । एक झुठेने दुसरे झुठे से कहता है की झुठ मत बोल । समस्या भनेको सपना मर्नु हो’, सांसद यादवले भने ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आलोचना गर्दै सांसद यादवले हिन्दी कथा सदनमा बोलेका थिए ।

‘नेपाली युवाहरूले सपना देख्न छाडेका छन् । आशा र भरोसा गर्न छाड्यो । यो समस्या सिजर्ना भएको हो । समयमा हामीले आत्मूल्यांकन गरौँ । आत्मसमीक्षा गरौँ । हिजो भएका गल्तीहरूलाई सुधार गरेर अगाडि बढ्ने कोशिस गरौँ । अनि मात्रै यो व्यवस्था मजबुद बनेर आउँछ । कसैले चुनौती दिन सक्दैन’, सांसद यादवले भने ।

सांसद यादवले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताको कुरा पनि सुनियो । सत्ता पक्षका होनहार युवा नेताहरूको पनि कुरा सुनियो । सदनको यो बहस सुन्दा । यो बहस नभएर जनताको आवाज नभएर नेताहरूको गगन रोइलो, मलाई लाग्छ एकप्रकारको आफैप्रतिको अविश्वासको प्रतीकात्मक सन्देश थियो जस्तो लाग्छ ।’

उनले भने, ‘संसदमा माननीय ज्यूहरूको यो उपस्थिति छ । यसले नै देखाउँछ हामी कति सम्वेदनशील छौँ । हामी कति गम्भीर छौं ? कुराको लागि कुरा मात्रै गर्ने हो भने एकजना एयरपोर्टबाट घर जाँदा राज्य सत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पूरै सदनको खर्चिनु पर्ने जुन अवस्था आयो एकचोटी आफूले रजगज गरेका, आफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहोनका ती दिनहरूलाई एकचोटी हामी फेरि हामीले सोँच्ने हो की ? मलाई लाग्छ अरुभन्दा औला ठड्याउनुभन्दा पहिला हामी सबैले आफैसँग समीक्षा गर्नुपर्ने आवश्यकता छ ।’

‘सत्ताको नाममा सबै संस्थाहरू कब्जा गरेर दलका नेता, नेता नभइकन डिलरको रुपमा लिइरहनु भएका र दलको नाममा जसरी आफ्ना शासन चलाउन खोजेको छ मलाई लाग्छ त्यसप्रतिको असन्तुष्टिको त्यो विम्ब थियो त्यो अस्तिको जनसागर । त्यसैले सदनको स्थिति यो छ’, यादवले भने ।

Published : Tuesday, 2025 March 11, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया