कम्वोडिया, लाओस, भियतनाम लगायतका देशमा नजान थाइल्याण्डस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले वैदेशिक रोजगारीमा आकर्षक तलव सुविधा लगायतका विभिन्न प्रलोभन देखाइ थाइल्याण्ड, कम्वोडिया, लाओस, भियतनाम लगायतका देशमा पु¥याइ गैरकानूनी कार्यमा लगाउने क्रम बढेको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले भनेको छ, ‘पछिल्लो समयमा नेपालीहरूलाई वैदेशिक राजगारीमा आकर्षक तलव सुविधा लगायतका विभिन्न प्रलोभन देखाई थाइल्याण्ड, कम्वोडिया, लाओस, भियतनाम लगायतका देशमा पु¥याई गैरकानूनी कार्यमा लगाउने क्रम बढ्दो रुपमा देखिएको छ ।’
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले यसअघि पनि दलालहरूका कारण समस्यामा परेका नेपालीहरूको उद्धार गरी नेपाल फिर्ता पठाएका छन् । परराष्ट्रमन्त्री डा.आरजु राणाले पनि विदेशमा नेपालीहरूलाई समस्या पर्नेवित्तिकै उद्धार गर्न र सहजीकरणका लागि निर्देशन दिँदै आएकी छिन् ।
‘यस्ता विभिन्न प्रलोभनमा परी कुनै पनि नेपाली नागरिक उल्लिखत मुलुकमा अलपत्र परेको वा त्यस्ता समूहको बन्धकमा रहेको अवस्था भएमा निजको उद्धारका लागि पीडितको राहदानी, नागरिकता, भिषा लगायतका कागजातका फोटोकपीसहित परिवारजनले आफ्नो वडा कार्यालयमार्फत वा सिधै कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क गरी विभागले जानकारी गराएअनुसारको प्रक्रिया पूरा गरी उद्धार कार्यमा सहयोग गरिदिनु हुन नेपाली राजदूतावास बैंकक सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
राजदूतावासले उद्धारका लागि निवेदन दिँदा पीडित रहेको स्थान, सम्पर्क नम्बर, निजसँग हाल रहदानी भएको वा नभएको, भिषा वैध भएको वा नभएको लगायतका विषयहरू स्पष्ट खुलाउनुपर्ने जनाएको छ ।
‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, थाइल्याण्ड लगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अरोध गर्दछ’, राजदूतावासको विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया